ल्हारक्याल लामाले पाए ३० लाख धरौटीपछि उन्मुक्ति

ल्हारक्याल लामाले पाए ३० लाख धरौटीपछि उन्मुक्ति

  • बुधबार, चैत्र १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाडौं, चैत्र १०
करिब दुई साता अघि दरबारमार्गमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको लकरमा गोली राखेको अभियोगमा पक्राउ परेर दुई दिन अगाडि करिब ६७ हजार धरौटी राखेर उन्मुक्ति पाएसँगै पुनः वैदेशिक रोजगारीको ठगी मुद्दामा प्रहरीको नियन्त्रणमा रहेका एकीकृत नेकपा माओवादीका सांसद् ल्हारक्याल लामा आज भने रिहा भएका छन् ।

वैदेशिक रोजगार विभागले मागेको ३० लाख धरौटी रकम उनले बुझाएपछि रिहा भएका हुन् । विभागको बुद्धनगरस्थित कार्यालयबाट बाहिरिँदै गर्दा लामाले आफूमाथि अन्याय भएको संक्षिप्त प्रतिक्रियासमेत दिएका छन् । ‘ममाथि अन्याय भएको छ । विभागले मेरो कुरा सुनेन,’ उनले भने, ‘पत्रकार सम्मेलन गरी म आफ्ना कुराहरू सार्वजनिक गर्नेछु ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ