काठमाडौ १० चैत्त ।
नेपाल सरकारले बेल्जियमको राजधानी ब्रसेल्समा हिजो भएको श्रृङ्खलावद्ध विस्फोटको भत्र्सना गरेको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञाप्ती जारी गदै जुनसुकै प्रकारको आतंकवादको नेपालले भ्रत्सना गर्ने जनाएको छ ।
साथै मृतकप्रति समवेदना र बेल्जियमका नागरिकले भोग्नुपरेको दुःखमा सहानुभूति प्रकट गरिएको छ । विज्ञाप्तीमा घटनाका दोषीलाई यथासिघ्र कारबाही हुने विश्वास समेत लिएको उल्लेख छ ।
ब्रसेल्सको जभेन्टम विमानस्थलमा हिजो दुईवटा र मेट्रो स्टेशनमा एउटा बम विष्फोट भएका थिए । विष्फोटमा मृत्यु हुनेको संख्या ५० पुगेको छ । ब्रसेल्स सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline