डढेलो नियन्त्रण गर्न उपभोक्ता परिचालन

डढेलो नियन्त्रण गर्न उपभोक्ता परिचालन

  • बुधबार, चैत्र १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

गाईघाट (उदयपुर), १० चैत ।

जिल्लाको पूर्वी तथा मध्य तराई क्षेत्रका सामुदायिक वनमा केही दिनयता डढेलोबाट वनजङ्गल क्षति हुन थालपछि नियन्त्रणका लागि उपभोक्ता परिचालन गरिएको छ ।

जिल्लाको पूर्वी क्षेत्रका हँडिया र सुन्दरपुरसहितका वन क्षेत्रमा २०० भन्दा बढी उपभोक्ता डढेलो नियन्त्रणमा परिचालित भएका हुन् ।

यस्तै त्रियुगा नगरपालिका क्षेत्रको चप्पन तथा साउने भुसुने वन क्षेत्रमा अहिले वन उपभोक्ता समिति, उपभोक्ता र इलाका वन कार्यालयका कर्मचारी डढेलो नियन्त्रणमा परिचालन गरिएको जिल्ला वन कार्यालयले जनाएको छ ।

त्रियुगाको असारी, भुसुने वन क्षेत्रमा लागेको डढेलो गाउँ तथा नगर क्षेत्रसम्म आउन थालेपछि झन्डै ३०० उपभोक्तासहितको सक्रियतामा आगो नियन्त्रण गरिएको जिल्ला वन अधिकृत धनञ्जय पौडेलले बताउनुभयो ।

त्रियुगा–१ को चप्पन वन क्षेत्रमा तीन दिनदेखि लागेको डढेलो पनि स्थानीय वन उपभोक्ता समिति र वनका कर्मचारीको सक्रियतामा नियन्त्रणमा लिइएको वन उपभोक्ता समितिका अध्यक्ष देवीमाया कटसुवालले बताउनुभयो ।

जिल्लाको पूर्वी क्षेत्र तथा मध्यक्षेत्र गरेर झन्डै दर्जनौँ सामुदायिक वनमा आगलागी भएपछि जिल्ला वन कार्यालयको अगुवाइमा स्थानीय उपभोक्ता समिति र उपभोक्ता परिचालन गरेर डढेलो नियन्त्रण सुरु गरिएको हो ।

अहिलेसम्म जिल्लाको पूर्वी क्षेत्रको फुलजोर, सिर्जना, देउराली, सप्तकोसी र अमरज्योति सामुदायिक वन क्षेत्रमा आगलागी भएको छ । राष्ट्रिय वन हँडिया, मकालु, सरस्वती, र महाभारत, पतालेलगायत एक दर्जनभन्दा बढी सामुदायिक वनमा आगलागी भएको जिल्ला वन कार्यालयले उल्लेख गरेको छ ।

व्यापकरुपमा सामुदायिक वनमा डढेलो लागेर वन नष्ट हुन थालेपछ अहिले सम्बन्धित इलाका वन कार्यालयसहितको वन उपभोक्ता समिति तथा उपभोक्तालाई परिचालन गरेर आगलागी नियन्त्रण गर्न सुरु गरिएको हो ।

आफ्नो क्षेत्रमा आगलागी नियन्त्रण नगर्ने वन उपभोक्ता समितिलाई कारबाही गर्नेसमेत जिल्ला वन कार्यालय उदयपुरले बताएको छ । उदयपुरमा ३४५ सामुदायिक वन छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ