बेइजिङ, चैत्र १०
चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज बेइजिङबाट हाइनान जाने भएका छन् । अवलोकन भ्रमणका क्रममा प्रधानमन्त्री हाइनान जाने उनको सचिवालयले जनाएको छ । माओ स्मृति भवनमा पुष्पमाला अर्पण गर्ने कार्यक्रम पनि रहेको छ ।
मंगलबार एक पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीले नेपालले चीनसँगको सम्बन्ध नयाँ उचाईमा पुर्याउन चाहेको बताए । चीनको बेइजिङस्थित रेनमिन विश्वविद्यालयले गरेको गोष्ठीलाई सम्बोधन गर्दै प्रम ओलीले दुई मुलुकबीचको सम्बन्ध ‘पञ्चशील’ सिद्धान्तमा आधारित रहेको बताए ।
उनले नेपालमा लगानी गर्न चीनियाँ व्यापारीहरूलाई आव्हानसमेत गरेका थिए । चीनको भ्रमणमा रहेका प्रधानमन्त्री ओलीको उपस्थितिमा मंगलबार साङ्घाई सहयोग संगठन सम्वाद साझेदार नेपाल सदस्य भएको समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री ओली यही १४ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।