चैत्र १०, सल्यान । कर्मचारीलाई कुटेर विवादमा आएका एमाले नेता लोक बहादुर डाँगीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।
आइतबार जिल्ला विकास समितिका सुचना अधिकृत पूर्ण बहादुर वलीलाई कुटेका डाँगीलाई हिजो जिल्ला प्रहरी कार्यालयले प्रहरी हिरासतमा राखेको हो । हिजो बेलुका ६ बजे छोपेर जिल्ला प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरिक्षक श्याम बहादुर खत्री ले जानकारी दिएको छन ।
सरकारवादी मुद्धा भएकाले उनको वयान सरकारी वकिल ले लिने भन्दै तयारी भैरहेको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिएका छन । अहिले जिल्ला प्रहरी कार्यालयमा रहेका डाँगीलाई सरकारी वकिल नआउदा सम्म म्याद थप हुनेछ ।
पूर्णले जिल्ला विकास समितिले वितरण गरेको यूनिसेफको सरसफाई सम्बन्धी कार्यक्रमको वितरणमा मनोमानी गरेको आरोपमा लोक बहादुरले कुटेका थिए । कर्मचारी कुटेको विरोधमा जिविस सल्यानले जिल्ला प्रशासनलाई जानकारी गराएको थियो । सोहिको आधारमा लोक बहादुरलाई हिरासतमा राखिएको प्रशासनले जनाएको छ ।
२ वटा संस्था संचालनमा ल्याएका लोक बहादुरले आफ्नो संस्थालाई कार्यक्रम नदिएको झोकमा कर्मचारीलाई हातपात गरेको पिडित पुर्णले आरोप लगाएका छन ।