काठमाडौं, १० चैत ।
रंगहरुको पर्व होली आज नेपालको तराई क्षेत्रमा धुमधामका साथ मनाईदै छ ।
काठमाण्डौ सहित पहिाडी क्षेत्रमा हिजो फागु पूर्णीमाको दिन नै होली मनाईएपनि तराई क्षेमा भने पूर्णीमाको भोलिपल्ट आज होली पर्व मनाईदै छ ।
वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एक आपसमा मैत्रीभाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक आपसमा रंग दलेर मनाउने गरिन्छ ।
आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी होलिका आगोमा जलेर मरेको प्रशंगलाई जोडेर असत्यमाथि सत्यको विजय भएको उत्सवको रुपमा होली मनाउने गरिएको हो ।
फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरमा ठड्याइएको तीनछत्रे चीर आज दहन गरेसंगै होली समापन हुन्छ । चीरलाई ढालेर टुँडिखेलको मध्यभागमा र्पुयाई दाह गर्ने चलन छ ।
सरकारले आज तराईमा सार्वजनिक बिदा दिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline