अवैध सुन बोकेको कन्टेनर नियन्त्रणमा

अवैध सुन बोकेको कन्टेनर नियन्त्रणमा

  • मङ्लबार, चैत्र ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

रसुवा, ९ चैत ।

चीनबाट आयात गरिएको सामग्रीसहितको सिलबन्दी मालवाहक कन्टेनरमा अवैध सुन भएको आशङ्कामा संयुक्त सुरक्षा टोलीले कालिकास्थानबाट आज नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भन्सार कार्यालय टिमुरेले सिल गरेको बा३ख ५४४५ नं को कन्टेनरभित्र अवैध सुन भएको विशेष सुराकीका आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी सीमा सुरक्षा बलले नियन्त्रणमा लिएको हो ।

भन्सार कार्यालयले सिलबन्दी गरेको सो कन्टेनर खोल्न नमिल्ने भएका कारण आवश्यक जाँचबुझ गर्न राजस्व अनुसन्धान विभागमा पठाइएको छ । जाँचबाट सही परिणाम आओस् भन्ने उद्देश्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत जानकारी गराईएको सशस्त्र प्रहरी सीमा सुरक्षा बलका प्रहरी नायब उपरीक्षक दर्शन गिरीले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी