पाल्पा, ९ चैत ।
जथाभावी चुनढुङ्गा उत्खननले पाल्पा जिल्लाको दोभान गाविस–७ श्रीडाँडा क्षेत्र उजाड बन्दै गएको छ ।
एस्काभेटरले जथाभावी खनेर चुन र डोलोमाइड ढुङ्गा निकासीले श्रीडाँडा जोखिममा परेको छ । जथाभावी उत्खननले ठूलो पहिरो र वातावरणीय असर पर्ने सम्भावना देखिएको स्थानीयवासी भीमबहादुर दर्लामीले बताउनु भयो ।
सिद्धार्थ मिनिरल्स प्रालिले श्रीडाँडामा सात वर्षदेखि ढुङ्गा उत्खनन गर्दै आएको छ । उत्खनन गर्दा वातावरणीय पक्षलाई ध्यान दिइएको छैन । कम्पनीले सम्झौताअनुसार चार हजार रुख र घाँसका बिरुवा उत्खनन क्षेत्रमा लगाए पनि ती सबै मरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline