बाँदर मार्न भराप राख्दा छोरो मर्यो

बाँदर मार्न भराप राख्दा छोरो मर्यो

  • मङ्लबार, चैत्र ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

खोटाङ, ९ चैत ।
बाँदरलाई थापेको धरापमा परी खोटाङमा नौ वर्षीय बालक प्रकाश राइको मृत्यु भएको छ ।

बाँदर मार्न जङ्गलमा थापिएको धरापले किचेर च्यास्मिटार–४ का दिलकुमार राईका छोरा प्रकाशको मृत्यु भएको हो ।

गाई चराउन जङ्गल गएका बालकको सोमबार दिउँसो धरापले किच्दा घटनास्थलमै ज्यान गएको स्थानीयवासीले बताएका छन् । स्थानीयवासीका अनुसार गाउँमा बाँदरले दुःख दिएपछि घरदेखि केही टाढा पर्ने जङ्गलमा धराप थापिएको थियो ।

धरापमा परेर मरेका बालकको शव परीक्षण गर्न जिल्ला अस्पताल खोटाङ ल्याइँदैछ । घटनाको अनुसन्धान गर्न कार्यालयबाट आज बिहान प्रहरी टोली पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताउनुभयो ।

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने च्यास्मिटारमा बाँदरले खेती लगाउन नदिएपछि धराप थापेर मार्ने गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ