साइकिलिङ धरान पर्यटन प्रर्बधनका लागी भारततर्फ प्रस्थान

साइकिलिङ धरान पर्यटन प्रर्बधनका लागी भारततर्फ प्रस्थान

  • मङ्लबार, चैत्र ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

चैत्र ९ धरान / नेपालको पर्यटकीय स्थल छिमेकी मुलुक भारतमा प्रचारप्रसार गर्ने उद्देश्यले साइकिलिङ धरान भारततर्फ प्रस्थान गरेको छ ।

नेपालमा भएका प्राकृतिक सुन्दरता, धार्मिक पर्यटकीय क्षेत्र, साहसिक खेलको शुभारम्भ लगायतका विषयलाई प्रचार गर्ने उद्देश्यले त्यसतर्फ साइकलिङको टोली आज विहान ४ बजे नै त्यसतर्फ प्रस्थान गरेको हो

यात्राको क्रममा धरानको विजयपुरमा रहेको बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर, पञ्चकन्या मन्दिरसंगै सुनसरीको चतरामा रहेको बराहक्षेत्र, विष्णुपादुका मन्दिरको विषयमा जानकारी गराउनुका साथ पर्यटकीय क्षेत्र भेडेटारको समेत प्रचारप्रसार गर्ने आयोजकले जानकारी दिएको छ ।

धरानबाट शुरु हुने यात्रा भारतको दार्जि्लिङ्ग, सिङताम, ग्यान्टोक, सिलिगुढीसम्मको ६ सय ७९ किमी यात्रा तय गरिएको टोलीका संयोजक कृष्ण केसीले जानकारी दिनुभयो ।

यात्राका क्रममा त्यहाका विभिन्न विशिष्ट व्यक्तिहरुस“ग समेत भेटघाट गर्ने कार्यक्रम रहेको संयोजक केसीले जानकारी दिनुभयो ।

धरान उपमहानगरपालिकाको सहयोगमा प्रत्येक बर्ष गर्दै आइएको साइकल यात्राले नेपालको पर्यटकीय स्थलको परिचय मात्र नभई नेपाल र भारतबीचको छिमेकी सम्बन्ध अझ प्रगाढ बनाउने काम गरेको धरान उपमहानगरपालिकाका कार्यकारी अधिकृत टिकादत्त राईले बताउनु भयो ।

वातावरण प्रदुषरहित सहर बनाउने उद्देश्यका साथ धरानलाई साइकल सिटी बनाउने अभियान अगाडि बढिरहेको सन्दर्भमा धरानलाई साइकलसिटीको सहर बनाउन यसले थप मद्धत पुग्ने अपेक्षा समेत राईले गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ