काठमाण्डौ ,८ चैत ।
ले आज (सोमवार) गोरखाको केराबारी–४ मा रहेको श्री जीवन निम्न माध्यमिक विद्यालयलाई तीन थान कम्युटर सेट प्रदान गरेको छ ।
नेप्सेले संस्थागत सामाजिक दायित्वको कार्यक्रम अन्तरगत जीवन निमाविलाई कम्प्युटर सेट प्रदान गरेको नेप्से सञ्चालक समितिका अध्यक्ष रामजी रेग्मीले बताउनु भयो । रेग्मीले नेप्सेमा आयोजित एक संक्षिप्त कार्यक्रममा तीन थान कम्प्युटर उक्त विद्यालय सञ्चालक समितिका अध्यक्ष सन्तबहादुर गुरुङलाई हस्तान्तरण गर्नुभयो ।
सो कार्यक्रममा बोल्दै अध्यक्ष रेग्मीले नेप्सेको यो सहयोगमार्फत विद्यालयका विद्यार्थी, शिक्षक तथा अभिभावक समेतलाई सूचना प्रविधिसँग जोडिन मद्दत मिल्ने विचार व्यक्त गर्नुभयो ।
यस्तै कार्यक्रममा नेप्सेका प्रमुख कार्यकारी अधिकृत सीताराम थपलियाले यस वर्ष नेप्सेले बैशाख १२ को भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित रहेर संस्थागत सामाजिक दायित्वको कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै आगामी दिनमा अन्य क्षेत्रमा पनि यस्तै कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।
कार्यक्रममा जीवन निम्न माध्यमिक विद्यालय सञ्चालक समितिका अध्यक्ष गुरुङले नेप्सेको सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभयो ।
