नेपाल र चीनबीच पारबहन लगायत १० बुँदे सम्झौता पत्रमा हस्ताक्षर

नेपाल र चीनबीच पारबहन लगायत १० बुँदे सम्झौता पत्रमा हस्ताक्षर

  • सोमवार, चैत्र ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौ ८ चैत्र ।  

नेपाल र उत्तरी छिमेकी मुलुक चीनबिच पारवहन, स्वतन्त्र व्यापार लगायत विभिन्न १० बुँदे महत्वपूर्ण सम्झौता भएको छ ।

चीन भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली र चीनीयाँ समकक्षी लि खछ्याङबीच आज बिहान बेइजिङमा भएको भेटमा पारवहन तथा यातायात सम्झौतामा हस्ताक्षर भएको हो ।

यस्तै हुम्लाको हिल्सामा सुख्खा बन्दगह बनाउने, पोखरा विमानस्थल निर्माणका लागि सहुलियत ऋण दिने तथा चीनीयाँ बैंकको शाखा नेपालमा खोल्ने सम्झौतामा पनि हस्ताक्षर भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीको सम्मानमा समकक्षी लिले आजै दिवा भोजको समेत आयोजना गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आजै चीनीयाँ राष्ट्रपति सि जिनपिङसँग पनि भेट गर्नुहुने कार्यक्रम रहेको छ । भेटमा दिपक्षीय सहयोगका साथै नेपाललाई चीनले गर्ने सहयोगका विषयमा छलफल हुने बताइएको छ ।

सो क्रममा प्रधानमन्त्री ओलीले चीनीयाँ राष्ट्रपतिलाई नेपाल भ्रमणका लागि राष्ट्रपति विद्यदेवी भण्डारीले पठाउनु भएको निमन्त्रणा समेत हस्तान्तर गर्ने कार्यक्रम छ ।

आजै साँझ चीनका अन्तरराष्ट्रिय विभागका मन्त्रीहरुले प्रधानमन्त्री ओलीको सम्मानमा उहाँ बसेको गेष्ट हाउसमा रात्रीभोजदिने तयारी छ । आजको महत्वपूर्ण भेटपछि प्रधानमन्त्री ओलीले भोलीबाट अन्य व्यापारिक भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ