काठमाडौ ८ चैत्र ।
काँग्रेस नेतृ सुजाता कोइरालाले नेपालमा राजतन्त्र कुनै पनि हालतमा फर्किन नसक्ने बताउनु भएको छ ।
जिपी कोइराला फाउन्डेसन विराटनगरमा आज बिहान सन्चारकर्मीहरुसँग कुराकानी गर्नुहुदै उहाँले अब राजतन्त्र फर्कने सपना कसैले नदेख्न आग्रह गर्नुभयो ।
सात दशकभन्दा लामो सङ्घर्षपछि प्राप्त उपलब्धिलाई संस्थागत गर्न सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
सबै मिलेर मुलुकको आर्थिक क्रान्तिमा लाग्नुपर्ने बताउनु हुदै कोइरालाले युवाशक्तिलाई स्वदेशमै रोजगारी दिलाएर मुलुकलाई विकासको बाटोमा अगाडि बढाउनुपर्ने बताउनुभयो ।
दलको सहकार्य बिना संविधानको सफल कार्यान्वयन गर्न गाह्रो पर्ने उहाको भनाइ थियो । काँग्रेसले संविधानको कार्यान्वयनका लागि रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने कोइरालाको धारणा छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline