बर्दिया, ८ चैत्र ।
नेपालको पाँच दिने औपचारिक भ्रमणमा रहनुभएका बेलायती राजकुमार ह्यारी आज बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रको अवलोकनका लागि बर्दिया जाँदै हुनुहुन्छ ।
बर्दिया भ्रमणका क्रममा उहाँले खौरही नदीमा ¥याफ्टिङ गर्ने कार्यक्रम पनि तय गरिएको छ । यस्तै राजकुमार ह्यारीे भोलीे पोखरा भ्रमण गर्ने कार्यक्रम छ । चैत १० गते राष्ट्रपति भण्डारी र राजकुमार ह्यारीले काठमाडौंमा आयोजना हुने बालिका सम्मेलनको संयुक्त रुपमा उदघाटन गर्नुहुनेछ ।
यसअघि राजकुमार ह्यारीले हिजै पाटन दरबार क्षेत्रको अवलोकन भ्रमण गर्नुभएको थियो । उहाँले पाटनको गोल्डेन टेम्पल, कृष्ण मन्दिर लगायतका क्षतिग्रस्त मन्दिर र सम्पदाहरुको अवलोकन गर्नुभयो ।
यसैगरी राजकुमार ह्यारीले हिजै भक्तपुर दरवार स्क्वायरको पनि अवलोकन भ्रमण गर्नुभयो । उहाँले भक्तपुरको व्यासीस्थित भूकम्प पीडितको अस्थायी शिविरमा पनि पुगी पीडितहरुका बारेमा पनि जानकारी लिनुभयो ।
त्यसअघि हिजै उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गनुभएको थियो । नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको दुई सय वर्ष पुगेको अवसरमा बेलायती महारानी एलिजावेथ द्वितीयका कान्छा नाती ह्यारी महारानीको प्रतिनिधिको रुपमा नेपाल आउनुभएको हो ।