“ पुपाल यार्सा महोत्सव २०७३” आयोजना हुने

“ पुपाल यार्सा महोत्सव २०७३” आयोजना हुने

  • आइतवार, चैत्र ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

रुकुम, ७ चैत्र ।

रुकुमको रन्मामैकोटमा पहिलो पटक यार्सा महोत्सव आयोजना हुने भएको छ । जिल्लाको उत्तरपुर्वि भेगस्थित रन्मामैकोट गाविसमा आयोजना हुने यार्सा महोत्सव नेपालको ईतिहासमै पहिलो पटक हुन लागेको हो ।

पुपाल यार्सा महोत्सव २०७३ मुल आयोजक समितीले आज राजधानीमा गरेको यार्सा महोत्सव विषयक अन्तकृयामा सो बारे जानकारी गराईएको छ । त्यस क्षेत्रको पर्यटकीय सम्भाव्यता र पुपाल यार्सा महोत्वसको व्यवस्थापनका लागी ३५ सदस्यीय महोत्सव मुल आयोजक समिती गठन समेत गरिएको छ ।

जस अनुसार १३ सदस्यीय सचिवालय तथा ७ सदस्यीय सल्लाहकारका साथै बिभिन्न ७ ओटा बिभागहरु पनि बनाईएको छ । यार्साको संरक्षण तथा सम्वद्र्धनका लागी महोत्वस आयोजना गर्न लागिएको आयोजक समितीले जनाएको छ । यद्धपी महोत्सव हुने मिति निकट भविस्यमै तोकिने अन्तकृयामा जानकारी गराईएको छ ।

हिमाली तथा पहाडि दुबै भौगालिक बिशेषता बोकेको रुकुममा आर्थिक, पर्यटकीय, बनस्पति, जीवजन्तुको प्रचुर सम्भावना र स्रोतहरु रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी