काठमाडौ ७ चैत्र ।
एकिकृत नेकपा माओवादीको केन्द्रिय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजेपछि पार्टी केन्द्रिय कार्यलय पेरिसडाँडामा बस्नेछ ।
आजको बैठकमा बाँकी रहेका विभिन्न जनवर्गीय संगठन, मोर्चा तथा विभाग इन्चार्जहरुले रिपोर्टिङ गर्ने तयारी रहेको पार्टी प्रवक्त दिननाथ शर्माले जानकारी दिनुभयो ।
केन्द्रिय समिति बैठकको पहिलो दिन हिजो सबै प्रदेश तथा केही मोर्चा र विभागका इन्चार्जहरुले आ आफ्ना रिपोर्टिङ गरेका थिए ।
सो क्रममा अधिकांशले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुको आलोचना गर्दै उनीहरुको कार्यशैलीप्रति असन्ष्टी जनाएका छन् ।
सरकारमा सहभागी मन्त्रीहरुकै कारण जनताहरुमाझ पार्टीको साख घट्दै गएको उनीहरुको भनाई थियो ।
संगठन सुदृढिकरण, पार्टी एकता, सरकारको समिक्षा लगायतका एजेन्डमा छलफल गर्न एमाओवादीले केन्द्रिय समितिको बैठक बोलाएको हो ।