आन्दोलनका नाममा उद्योग बन्द गराउनु हुँदैन : अध्यक्ष मुरारका

आन्दोलनका नाममा उद्योग बन्द गराउनु हुँदैन : अध्यक्ष मुरारका

  • शनिबार, चैत्र ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

जनकपुरधाम, ६ चैत । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले आन्दोलनका नाममा उद्योगी र व्यवसायीलाई तारो बनाउने क्रियाकलापको अन्त्य हुनुपर्ने बताउनु भएको छ ।

जनकपुर उद्योग वाणिज्य सङघको ४९ औं वार्षिक साधारणसभाका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले विगतमा उद्योगी व्यवसायीलाई पुरानो सत्तालाई कर नबुझाउन आह्वान गर्नेहरू राष्ट्रको प्रधानमन्त्री बने तर उद्योगी व्यवसायीको कर नबुझाउने आह्वानले परेको असर, उठिवासको समस्याप्रति कहिल्यै संवेदनशील नहुनु दुखद अवस्था हो भन्नुभयो ।

पीडित उद्योगी व्यवसायीको पीडा सुन्दा आँखामा आँसु आउँछ भन्दै उहाँले बन्दले आर्थिक समृद्धिको बाटोमा गतिरोध उत्पन्न गरेको बताउनुभयो ।

सांसद दिनेश साहले जनकपुरमा औद्योगिक कोरिडोर स्थापना गर्ने कार्यमा सबैको सहयोग जरूरी छ भन्नुभयो ।

सङ्घका अध्यक्ष शिवशङ्कर साहले जनकपुरमा विद्यमान समस्याका बारेमा ध्यानाकर्षण गराउनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी