मुलुकलाई समृद्धितर्फ डोर्याउन उद्योग क्षेत्रको विकासमा अग्रसर हुनुपर्छ : पोखरेल

मुलुकलाई समृद्धितर्फ डोर्याउन उद्योग क्षेत्रको विकासमा अग्रसर हुनुपर्छ : पोखरेल

  • शनिबार, चैत्र ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौ, ६ चैत ।  

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले मुलुकलाई समृद्धितर्फ डो¥याउनका लागि कृषि, पर्यटन, ऊर्जा र उद्योग क्षेत्रको विकासमा अग्रसर हुनुपर्ने बताउनुभएको छ ।

प्रेस चौतारी मोरङले आज विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले यसका लागि सही योजना कार्यान्वयनका लागि एमालेले भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।

वर्तमान सरकारले नै आगामी संसदीय दलको निर्वाचन गराउने स्पष्ट पार्नुहुदै पोखरेलले संविधान कार्यान्वयनका लागि नेपाली काँग्रेसलाई पनि सरकारमा सामेल हुन आग्रह गर्नुभएको छ ।

मधेसी मोर्चाको आन्दोलनको एजेनड प्रष्टा नभएको बताउनु हुदै उहाँले आन्दोलन मर्यादित, लोकतान्त्रिक तथा सामाजिक सद्भाव नखलबलाउने खालको हुनुपर्नेमा जोड दिनुभयो ।

महासचिव पोखरेलले प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणका क्रममा दुई देशबीचको सम्बन्धलाई सुदृढ बनाउन र असन्तुलित सम्बन्धलाई राम्रो बनाउन, पारवाहन लगायत सम्झौता हुने बताउनु भयो ।

उहाँले मुलुकमा पर्यटन क्षेत्रको विकासका लागि पार्टीले सञ्चालन दशदिने कोसी–मेची पर्यटन प्रवद्र्धन अभियानबाट पर्यटनको विकासमा थप टेवा पुग्ने विश्वास समेत व्यक्त गर्नु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ