मकवानपुरमा राष्टवादी पत्रकार संगठित

मकवानपुरमा राष्टवादी पत्रकार संगठित

  • शुक्रबार, चैत्र ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

चैत्र ५ हेटौडा । राष्ट्रवादी पत्रकारहरुको छाता संगठन मडिया नेपाल मकवानपुर शाखाको गठन भएको छ । शुक्रबार हेटौडामा भएको सभाले केन्द्रिय समिती गठन पछि पहिलो पटक मकवानपुरमा जिवराज बख्रेलको अध्यक्षतामा ७ सदस्य तदर्थ समिती निर्माण गरेको हो ।

समितीमा अभिषेक नगरकोटि ,शुसिला खनाल,दिवस हुमागाई, जयराम मोक्तान ,विपिका अधिकारी, निलम थिङ रहनु भएको छ ।समितीले अव सदस्याता वितरण, सँगै तदर्थ समितीमा ४ सदस्य थप गर्दै ११ सदस्य पुर्णसमिती गठन गरेर छिट्टै संगठनको पहिलो बैठक बस्ने समिती अध्यक्ष बख्रेलले वताउनु भयोे ।

पत्रकारीताका पेशा लाई मर्या्दित र पेशागत रुपमा मजवुत वनाउनको लागि मिडिया नेपालले खवर दारी गर्ने वताइएको छ । केन्दिय कार्यसमिती सँग समन्वय गरेर मकवानपुरमा क्रियाशील पत्रकारहरुको लागि ,ब्यक्तित्व विकास,क्षमता विकास, हकहित र व्यवासायिकताका लगाएतका कुरालाई पनि ध्यानमा राखेर काम गर्ने अध्यक्ष वख्रेलको भनाई छ ।

प्रमुख अतिथी तथा मिडिया नेपालका केन्द्रिय अध्यक्ष गोपाल पौडेलले गठित मिडिया नेपाल कुनै पार्टी निकट नभइ राष्ट्रवादी पत्रकारहरुको संस्थाको रुपमा रहने स्पस्ट पार्नु भएको थियो ।आगामी दिनमा व्यवसायिक पत्रकारिता तालिम सञ्चालन गर्ने देखि पत्रकारहरुको पेशागत सुरक्षा, मर्यादा लगायतका विषयलाई प्राथमिकता दिएर मिडिया नेपाले कार्य गर्ने पनि उहाले वताउनु भयो ।

समिती अध्यक्ष वख्रेलको अध्यक्षतामा भएको कर्यक्रममा केन्द्रिय अध्यक्ष पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । उपप्रधान परराष्ट्र तथा स्थानीय विकास मन्त्री कमल थापाका राजनीतिक सल्लाहकार राजाराम बर्तौलाको विशेष आतिथ्यतामा भएको कार्यक्रममा मकवानपुरमा सक्रिय पत्रकार संगठन नेपाल प्रेस युनियन ,क्रान्तिकारी पत्रकार संघ , प्रेस चौतारी, तथा छाता संगठन नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष तथा प्रतिनिधिको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ