लौहपुरुष गणेशमान सिंहको तस्बिर अङ्कित सिक्का निष्काशन

लौहपुरुष गणेशमान सिंहको तस्बिर अङ्कित सिक्का निष्काशन

  • शुक्रबार, चैत्र ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौँ, ५ चैत ।
नेपाल राष्ट्र बैंकले राजनेताको तस्बिर अङ्कित सिक्का पहिलो पटक निष्काशन गरेको छ । गणेशमान सिंहको जन्मशताब्दीको अवसरमा नेपाल राष्ट्र बैंकले लौहपुरुष गणेशमान सिंहको तस्बिर अङ्कित चाँदीको सिक्का पहिलो पटक निष्काशन गर्न लागेको हो ।

नेपाल राष्ट्र बैंक र गणेशमान सिंह फाउन्डेसनको संयुक्त आयोजनामा आज राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले उक्त सिक्का सार्वजनिक गर्नुभयो ।

डा नेपालले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्वर्गीय सिंहको ठूलो भूमिका रहेको भन्दै उहाँको योगदानलाई कदर गर्दै सिक्का निकाल्न पाउँदा राष्ट्र बैंक खुसी भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो – “यो सिक्काले स्वर्गीय सिंहप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ ।”

फाउन्डेसनका अध्यक्ष प्रकाशमान सिंहले जनताका लागि सङ्घर्ष गर्ने व्यक्ति सिंह भएको भन्दै उहाँको योगदानलाई कसैले भुल्न नहुने स्पष्ट पार्नुभयो । सिंहले भन्नुभयो – “इतिहासलाई प्रजातान्त्रिक पद्धतिमा हिँडाउने र जनताका हक अधिकारका लागि कसैसँग सम्झौता नगर्ने व्यक्ति सिंह हुनुहुन्छ ।”

उहाँले सर्वोच्च नेता सिंहजस्तो दुःख कष्ट खेपेर प्रजातन्त्रका लागि लडेको व्यक्ति नेपाली राजनीतिमा भेटाउन गाह्रो पर्ने उल्लेख गर्नुभयो ।

सिंहको सम्झनामा निष्कासन गरिएको सो सिक्का ९९ प्रतिशत शुद्ध धातु, ७७ मिलिमिटर गोलाइ, २५ ग्राम तौल रहेको छ । यसको बिक्र वितरण टक्सार विभाग सुन्धाराबाट गरिने र यसको मूल्य रु दुई हजार ७६ पर्ने फाउन्डेसनले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी