शनिवारबाट सुरु हुदैछ ,क्लिन काठमान्डौ, ग्रिन काठमान्डौ

शनिवारबाट सुरु हुदैछ ,क्लिन काठमान्डौ, ग्रिन काठमान्डौ

  • शुक्रबार, चैत्र ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौँ, ५ चैत ।
नागरिक समाज र विभिन्न सङ्घसंस्थाका प्रतिनिधि सहभागी ‘नयाँ शक्ति’ नामक समूहले भोली शनिबारबाट २४ हप्ते ‘क्लिन काठमाडौँ, ग्रिन काठमाडौँ’ अभियान सुरु गर्ने भएको छ ।

समूहले आज पत्रकार सम्मेलन गरी शनिबार पशुपति क्षेत्रबाट सुरु हुने अभियानले मुख्य रुपमा विश्व सम्पदा सूचीमा सूचीकृत सातवटा सम्पदा भएको क्षेत्रमा विशेष सरसफाइ गर्ने जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा अभियानका संयोजक गङ्गानारायण श्रेष्ठले २४ हप्ताको कार्यक्रममा पहिलो १२ हप्ता सरसफाइमा र दोस्रो १२ हप्ता हराभरा काठमाडौँको रुपमा विकास गर्ने गरी अभियान अगाडि बढ्ने बताउनुभयो ।

अभियान कुनै राजनीतिक अभिष्ट पूरा गर्न नभई विशुद्ध काठमाडौँलाई स्वच्छ र हराभरा बनाउने उद्देश्यले मात्रै सञ्चालन गरिएको उहाँले स्पष्ट पार्नुभयो । अभियानले जनताको घरदैलोमा पुगेर उनीहरुमा जनचेतनासमेत फैलाउने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ