दोलखा , ५ चैत ।
दोलखाको मुलुङबाट काठमाडौं जाँदै गरेको बा३ख ७९३८ नम्बरको यात्रुबाहक बस आज काभ्रेको केराघारीमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दोलखा, डाँडाखर्ककी सुष्मा विकको सनाखत भएको छ भने अन्य दुई मृतकको सनाखत हुन सकेको छैन । घटनामा चालकसहित ३० जनाभन्दा बढि घाईते भएका छन् ।
तीव्रगतिमा आइरहेको बसले धुलिखेलबाट पाँचखाल जाँदै गरेको बा३९प ८६४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि दुर्घटना भएको हो ।
बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चाकलको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline