मानिसलाई गिज्याइरहेका छन् यी तस्वीरले (फोटो फिचर )

मानिसलाई गिज्याइरहेका छन् यी तस्वीरले (फोटो फिचर )

  • शुक्रबार, चैत्र ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

काठमाडौँ, ५ चैत ।

नाचिरहेको मयूरको वरिपरि विभिन्न जनावर तालमा ताल मिलाउँदै नाचिरहेका छन् । लयात्मक रुपमा नाचिरहेका जनावरबीचको सहिष्णुताले हामी मानिसलाई गिज्याइरहेको अनुभूति हुन्छ ।

त्यस्तै, गुफाकालीन समयको झल्को आउने गरी थारू जाति र तिनको प्रकृतिसँगको सम्बन्धलाई कलात्मक रुपमा जोडेर कलाकार राजन काफ्लेले कला सिर्जना गरेका छन् । राजनसहित ४२ जना नेपाली तथा विदेशी कलाकारले वन्यजन्तुसम्बन्धी बनाएका चित्र तथा मूर्तिको प्रदर्शनी बौद्ध टुसालस्थित तारागाउँ सङग्रहालयमा आइतबारदेखि सुरु भएको छ ।

प्रदर्शनीको उद्घाटन गर्दै वनमन्त्री अग्नि सापकोटाले कलालाई प्रकृति संरक्षणसँग जोडेर कलाकारले निकै राम्रा कलाकृति रचना गरेको बताउनुभयो । ‘आर्ट फर नेचर’ शीर्षकको सो प्रदर्शनीमा नेपालसहित सात देशका कलाकारले चितवन निकुञ्ज घुमेर सौराहामा तयार पारेका कलाकृतिलाइ राखेका हुन् । प्रकृति, जनावर र मानवीय सम्बन्धका विविध आयामलाई कलात्मक रुपमा चित्रण गरिएका कलाले नेपाली समसामयिक पक्षलाई समेत उतारेको पाइन्छ ।

वन्यजन्तु पीडित उद्धार कोषको आयोजनामा भएको सो प्रदर्शनीलाई डब्लुडब्लुएफ नेपाल, नेसनल ट्रस्ट फर नेचर कन्जर्भेसन र हयुमनी सोसाइटी इन्टरनेसनलले सहयोग गरेको हो । बेलायत, जर्मनी, भारत, अमेरिका, मेक्सिको तथा अस्ट्रेलियाका छ र ३६ जना नेपाली कलाकारका प्रकृतिसम्बन्धी कलाले नेपालको प्राकृतिक सौन्दर्य, जैविक विविधता, जङ्गली जनावर तथा सांस्कृतिक विविधतालाई कलात्मक रुपमा चिनाउन सफल रहेको आयोजक संस्थाका अध्यक्ष डा प्रभु बुढाथोकीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रदर्शनीको उद्देश्य प्रकृतिसम्बन्धी कलाको प्रचार प्रसार गराउने र कलाबाट प्रकृति संरक्षणमा सहयोग पु¥याउने हो । साथै यो प्रदर्शनीबाट नेपाली प्रकृतिसम्बन्धी कलाको अन्तर्रा्ष्ट्रिय पहिचान बनाउनु पनि हो । नेपालको प्राकृतिक सौन्दर्य र त्यसको विविधतालाई चिनाउने हाम्रो लक्ष्य रहेको छ ।”

कला सङ्कलक डिल्ली ओलीले भन्नुभयो – “प्रदर्शनी असाध्यै राम्रो लाग्यो । कलाले नेपाली वाइल्डलाइफलाई कलात्मक ढङ्गले पस्कन सकेको छ । नेपालका चिनिएका कलाकारका कलाकृति र तिनले नेपाली वन्यजन्तुलाई निकै आकर्षक रुपमा प्रस्तुत गरेको पाएँ ।”

मनुजबाबु मिश्र, शशी शाह, रागिनी उपाध्याय, गेहेन्द्रमान अमात्य, ठाकुरप्रसाद मैनाली, राजन काफ्ले, डा लय मैनाली, हरिप्रसाद शर्मा, गोपाल कलाप्रेमी, भीम श्रेष्ठ, सुदर्शन राणा, सुनिता राणा, इन्दिरा श्रेष्ठ, हरिराम अधिकारी, हीरालाल डङ्गोल, सञ्जु शाही, ताराप्रसाद ओझा, नीरा जोशी, विजय मर्हजन, प्रमित ढकाल, ज्योतिप्रकाश बिके लगायतका कलाकारका कलाकृति प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनी शनिबारसम्म रहनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी