भारतमा नक्कली कपिलवस्तु बनाई बुद्ध भारतमा जन्मेको प्रमाण भन्दै मिडियाद्वारा दुष्प्रचार

भारतमा नक्कली कपिलवस्तु बनाई बुद्ध भारतमा जन्मेको प्रमाण भन्दै मिडियाद्वारा दुष्प्रचार

  • शुक्रबार, चैत्र ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौं, चैत्र ५
गौतम बुद्ध लुम्बिनीको कपिलवस्तुमा जन्मेका हुन्, जुन नेपालमा पर्दछ । तर भारतले भने गौतम बुद्ध भारतमा जन्मेको दाबी गर्दै आएको छ ।

पछिल्लो समय उसले ‘बुद्ध भारतमा जन्मेको प्रमाण फेला परेको भन्दै दुष्प्रचारलाई पुनः निरन्तरता दिएको छ ।’ भारतले उत्तर प्रदेश राज्यमा नक्कली कपिलवस्तुसमेत बनाएको छ । यति मात्र नभई उसले सिदार्थनगरमा कपिलवस्तु संग्रहालयसमेत आजबाट सञ्चालनमा ल्याएको छ ।

उसले संग्रहालयभित्र तीन वटा ग्यालरी बनाएको छ । जहाँ गौतम बुद्धको जीवनको विभिन्न पक्षलाई समेटेको छ । सन् २००९ देखि नै भारतले यसको निर्माण थालेको थियो । संग्रहालय छ हजार वर्गमिटरमा फैलिएको छ । त्यहाँ भारतले करिब ४० वर्ष पहिला भेटेको दुई चीजलाई प्रमाणका रूपमा पेस गर्दै बुद्ध भारतमै जन्मेको दाबी गरेको छ ।

सन् १९७० को दशकमा गरिएको अन्वेषणका क्रममा भेटिएका दुई शिलामा नै भारतको प्रमाण अडेको छ । पहिलो शिलामा ‘ओम देभपुत्र विहार कपिलवस्तु संघ’ लेखिएको छ भने अर्कोमा ‘महा कपिलवस्तु विखु संघ’ लेखिएको छ । यो समाचारलाई अधिकांश भारतीय मिडियाले प्राथमिकताका साथ प्रचार गरिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी