एमाओवादी केन्द्रिय कार्यसमितिको बैठक स्थगित

एमाओवादी केन्द्रिय कार्यसमितिको बैठक स्थगित

  • शुक्रबार, चैत्र ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौं ५ चैत्र ।
सत्तारुढ दल एकीकृत नेकपा माओवादीको केन्द्रिय कार्यसमितिको बैठक भोली बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।

पार्टी स्थायी कमिटीको बैठक बस्नु पर्ने भएकाले आजका लागि तय भएको कार्य समिति बैठक स्थगित गरिएको पार्टी केन्द्रिय कार्यलय स्रोतले जनाएको छ ।

स्थायी कमिटीको बैठक आज दिउँसो २ बजेपछि पार्टी केन्द्रिय कार्यलय पेरिसडाँडामा बोलाइएको छ । बैठकमा ३ महिने सांगठनिक अभियानका साथै भावी रणनितिका बारेमा छलफल हुने बताइएको छ ।

यसअघि हिजो बसेको स्थायी कमिटी बैठकले सरकारको काम कारबाहीका बारेमा समीक्षा भएको थियो । बैठकले कमजोरी सुधार्दै जनताको पक्षका काम गर्न हदैसम्म प्रयत्न गर्ने निष्कर्ष निकालेको छ ।

आजको केन्द्रिय कमिटी बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, वर्तमान सरकारको काम कारबाहीको समीक्षा लगायत विषयमा छलफल हुने एजेन्डा राखिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ