म्याद गुज्रिएका वस्तु बजारमा छ्यापछ्याप्ती

म्याद गुज्रिएका वस्तु बजारमा छ्यापछ्याप्ती

  • शुक्रबार, चैत्र ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

जाजरकोट, ५ चैत ।

जाजरकोटका बजारमा म्याद गुज्रिएका सामग्री बेरोकटोक बिक्री–वितरण हुने गरेका छन् । अनुगमन र नियमन प्रभावकारी नहुँदा यस्तो भएको सरोकारवाला बताउँछन् ।

जिल्लाको सदरमुकाम, दल्ली, कालीमटी, रिम्ना लगायतका एकदर्जनभन्दा बढी बजारमा म्याद नाघेका दैनिक उपभोग्य वस्तु बिक्री–वितरण भइरहेको बताइन्छ । केही दिनअघि जाजरकोटमा गृहमन्त्री आउँदा उहाँलाई खुवाउनका लागि ल्याइएको जुस नै म्याद नाघेको भेटिएपछि यो कुराले थप चर्चा पाएको छ ।

विगत पाँच महिनादेखि जाजरकोटमा कुनै पनि बजारको अनुगमन गरिएको छैन । दैनिक म्याद नाघेको वस्तु बिक्री–वितरण गर्दा पनि सरोकारवाला निकायले ध्यान नदिँदा दैनिक उपभोक्ता ठगिने क्रम बढेको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताउनुभयो ।

यता प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जिल्लामा भर्खर सहायक प्रजिअ आएका कारण यहाँको वस्तुस्थिति बुझेर अनुगमन गरिने बताउनुभयो । चाउचाउ, बिस्कुट, तेल जस्ता खाद्यवस्तुको बढी नै म्याद गुज्रिएको भेटिने स्थानीयवासीले बताउँछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ