ललितपुर, चैत्र ५।
नेपाली कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक आज बस्दैछ । नवनिर्वाचित सभापति शेरबहादुर देउवाले १३ औँ महाधिवेशनपछिको केन्द्रीय कार्यसमितिको पहिलो बैठक आज बोलाएका हुन् ।
बैठक दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बोलाइएको छ । बैठकमा पार्टीको आगामी कार्ययोजना, एकताका विषयमा सभापति देउवाले मौखिक प्रस्ताव राख्ने छन् । त्यस्तै मधेश केन्द्रित दलहरूलाई विश्वासमा लिएर मधेश समस्या समाधानका लागि कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्न रणनीति बनाउने छ ।
सभापति देउवाको प्रस्तावमा कार्यसमितिले उपसभापति, महामन्त्री र सह–महामन्त्रीको मनोनयन गर्ने बारेमा छलफल हुने केन्द्रीय कार्यालयका मुख्यसचिव ऋषिकेश तिवारीले जानकारी दिएका छन् । बैठकमा उपस्थित हुन कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई आग्रह गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline