काठमाडौँ, ४ चैत । पाँचौँ नेपाल–अन्तर्राष्ट्रिय व्यापार मेला आजदेखि राजधानीमा सुरु हुदै छ ।
वाणिज्य मन्त्रालय ,व्यापार तथा निकासि प्रवद्र्धन केन्द्रको सहयोगमा नेपाल उद्योग वाण्ज्यि महासंघले आयोजना गरेको मेला भृकुटीमण्डपमा सुरु हुने मेला चैत आठ गतेसम्म चल्ने छ ।भारत, बङ्गलादेश, पाकिस्तान तथा चीनसहित व्यापारिक प्रतिष्ठानले भाग लिने सो मेलामा ३ सय ५० वटा कक्ष रहनेछ । मेलाको आकर्षण हस्तकला, पर्यटन, छालाको उत्पादन मुख्यरुपमा हुने बताइएको छ ।
भारतबाट ७० ओटा ,चीनको ९० ओटा ,पाकिस्तानको २० ओटा ,बंगलादेशको पाँच ओटा र अन्य सबै स्टल नेपालको रहने आयोजकले जनाएको छ । कार्यक्रममा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक ईश्वरीप्रसाद घिमिरेले महासङ्घको सहकार्यमा हुने मेलाले नेपाली वस्तुको प्रवद्र्धन तथा व्यापार बढाउन सहयोग हुने बताउनु भयो ।
जापान ,कोरिया ,थाईल्याण्ड लगायतका देशहरुबाट पनि खरिदकर्ता मेलामा आउने जनाईएको छ ।