पाँचौँ नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला हुने

पाँचौँ नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला हुने

  • बुधबार, चैत्र ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौँ, ३ चैत । नेपाल सरकार तथा नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त तत्वावधानमा बिहीबारदेखि भृकुटीमण्डपमा पाँचौँ नेपाल–अन्तर्राष्ट्रिय व्यापार मेला हुने भएको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार भारत, बङ्गलादेश, पाकिस्तान तथा चीनसहित व्यापारिक प्रतिष्ठानले भाग लिने सो मेलामा ३५० वटा कक्ष रहनेछ ।

बिहीबारदेखि चैत ८ गतेसम्म हुने मेलाको आकर्षण हस्तकला, पर्यटन, छालाको उत्पादन मुख्यरुपमा हुने बताइएको छ ।

कार्यक्रममा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक ईश्वरीप्रसाद घिमिरेले महासङ्घको सहकार्यमा हुने मेलाले नेपाली वस्तुको प्रवद्र्धन तथा व्यापार बढाउन सहयोग हुने बताउनु भयो ।

उहाँले भूकम्प र नाकाबन्दीका कारण देशको आर्थिक अवस्था जर्जर भएको भन्दै आर्थिक वृद्धि दु्रत गर्न सरकार तथा निजी क्षेत्रको सहकार्य जरुरी रहेको चर्चा गर्नु भयो ।

वरिष्ठ उपाध्यक्ष भवानी राणाले महासङ्घले औद्योगिक विकास तथा पूर्वाधारको विकासबिना देशको समग्र विकास नहुने बताउनु भयो ।

नेपाल जडीबुटी उत्पादक सङ्घका अध्यक्ष गोविन्द घिमिरेले नेपालमा जडीबुटीको प्रशोधन गर्नसकेमा देशले विकासको फड्को मार्ने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी