३ चैत, काठमाडौ । परराष्ट्रविद्हरुले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको क्रममा इन्धन मात्रै नभएर लिपुलेक, कैलाश मानसरोवरको विषयमा पनि छलफल गर्न सुझाव दिएका छन् ।
बुधबार राजधानीस्थित संवाद डबलीमा संयुक्त जनवादी युवा मोर्चाले ‘प्रधानमन्त्रीको आसन्न चीन भ्रमण र उपलब्धि’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांस बक्ताहरुलेसो धारणा राखेका हुन् ।
परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले प्रधानमन्त्री ओलीले चीन भ्रमणको क्रममा इन्धन सम्झौताका साथै लिपुलेखबारे कुरा उठाउँनु पर्ने बताए ।
उनले कार्यक्रममा बोल्दै “दक्षिण भ्रमण गर्दा गर्नै नहुँने सम्झौता गर्लान् भन्ने डर र उत्तर भ्रमणमा जाँदा गर्नै पर्ने सम्झौैता पनि नगरिकन आउलान भन्ने डर नेपाली कुटनीतिक क्षेत्रमा उत्पन्न भएको छ” भने ।
श्रेष्ठले चीन भ्रमणको पूर्वसन्ध्यामा भारतीय पक्षबाट चीनसँग इन्धन लगायतका विषयमा सम्झौ रोक्ने प्रसाय भइरहेको भन्दै भारतले दुई गुणा बढी सस्तोमा इन्धन दिन्छु भने पनि चीनसँगको सम्झौता रोक्नु नहुँने बताए ।
राजनीतिक विश्लेशक प्रा.डा.शुरेन्द्र केसीले नेपालका राजनीतिज्ञको अपरिपक्वता र गैरजिम्मेवारीताका कारण चीन सरकारले तातोपानी नाक नखोलेको बताए ।
केसीले प्रधानमन्त्री ओलीले नेपालको हितमा आसा लाग्दो सम्झौता गर्न नसक्ने भन्दै सम्पुर्ण राष्ट्रिय शक्ति एकजुट भएर समान धारणा बनाउँन सुझाव दिए । उनले नेपालको राष्ट्रिय सबलतका लागि राजनीतिक र कुटनीतिक क्षेत्रलाई जिम्मेवर, मर्यादित, बौद्धिक र सक्षम बनाउनु पर्ने बताए ।
पूर्व राजदुत तथा परराष्ट्रविद् डा.विष्णुहरी नेपालले नेपाल र चीनबीचमा नयाँ मैत्रि सन्धि हुनपर्ने बताए । उनले १० अर्ब डलरको विकास योजना बनाएर चीनसँग सहयोग माग्न सक्नु पर्ने धारणा राखेका छन् ।
वरिष्ट पत्रकार प्रेम कैदीले नेपालकोे जस्तो सुन्दर इतिहास कसैको नभएको र नेपाल एक पटक महाशक्ति राष्ट्र रहेपनि राजनीतिज्ञका कारण माग्ने अवस्थामा पुगेको बताए ।
उनले अगाडी भने, ‘यस्तो महाशक्ति राष्ट्रको प्रधानमन्त्री जाँदा भिकारी भएर कटौरा बोकेर जानु हुँदैन, बरु ओलीले लिपुलेक मात्र हैन कैलाश मानसरोवारको पनि कुरा उठाउनु पर्छ ।’
नेपाल बौद्धिक मञ्चका अध्यक्ष डा.केबी रोकाया राष्ट्रिय मुद्धामा कुनैपनि सत्तासिन इमान्दार नभएको भन्दै अफनो सत्ता जोगाउने सोचका मात्रै भएकाले प्रधानमन्त्रीको चीन भ्रमणले केही फरक नपर्ने बताए । उनले अगाडि भने, “२०४६ सालपछिका शासकहरुले ब्वाँसोको भूमिकामा हरे ।
सिंहदरबारमा बस्नेहरुले ब्वाँसोले भेडाहरुलाई लुछे झैं लुछ्ने गरेका छन् ।” उनले नयाँ शक्ति होइन बरु पुरानो शक्तिको खोजी गर्नु पर्ने बेला आएको भन्दै नयाँ शक्ति हैन देश बनाउन देशको निम्ति रगत बगाउनेहरु एक हुनु जोड दिए ।
समाजशास्त्री डा.ललन चौधरीले प्रधानमन्त्री ओलीले चीन भ्रमणको पहिलो मुद्धा लिपुलेक बनाउनु पर्ने बताए । उनले नेपाल दुई ढुङगाबीचको तरुल नभई दुई ढुङ्गा बीचको डुङ्गा भएको दाबी गरे ।
राप्रपाका युवा नेता धनबहादुर बुढाले प्रधानमन्त्रीको चीन भ्रमणलाई उपलब्धिमूलक बनाउनु पर्नेमा जोड दिँदै राष्ट्रहितलाई मध्यनजर गर्दै सम्झौता गर्नुपर्ने बताए ।
माआवादी एक समूह फुटाइर नयाँ शक्ति नाम दिएको भन्दै बुढाले डा. बाबुराम भट्टराई छिट्टै पूरानै शक्तिमा परिणत हुँने बताए ।
आयोजक मोर्चा सल्लाहकार विजय थापाले नेपाल जटिल अवस्थामा प्रधानमन्त्रीको चीन भ्रमण हुँन लागेको भन्दै गम्भीर भएर राष्ट्रका विषयमा चीनसँग छलफल गर्नुपर्ने बताए ।
सामाजिक अभियान्ता गोरख बिसीले नेपालको सीमा चीनसँग पनि जोडिएकाले प्रधानपनी ओलीले त्यसबारे ध्यान दिनुपर्ने बताए ।
नेपाल क्रान्तिकारी कम्युनिस्ट पर्टी अध्यक्ष केवी भट्टराईले चीनले ३७६ वर्ग किलोमिटरभन्दा बढी लिपुलेकको भूमि मिच्न खोजेको बताए ।
“हाम्रो भूभाग न त चीनलाई न त भारतलाई नै दिन सकिन्छ । नेपाल, भारत र चीन त्रीदेशीय सहभागितामा सम्स्या सुल्झाउन प्रयत्न गर्नुपर्छ” उनले भने ।
संयुक्त जनवादी युवा मोचालका अध्यक्ष हरिबहादुर बोहोराले हरेक भ्रमणमा हात थाप्ने प्रवृत्ति बढेको भन्दै चीनसँग उच्च मनोबलका साथ राष्ट्रहितमा सम्झौता गर्नुपर्ने बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline