प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा इन्धन सम्बन्धी सम्झौता गर्न चुरेभावरको सुझाव

प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा इन्धन सम्बन्धी सम्झौता गर्न चुरेभावरको सुझाव

  • बुधबार, चैत्र ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौ ३ चैत्र ।  

चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनसँग इन्धन आयत सम्बन्धी सम्झौता गर्न सुझाव दिएको छ ।

आज बिहान एक विज्ञाप्ती जारी गर्दै पार्टी अध्यक्ष बद्रि न्यौपानेले मित्र राष्ट्र चीनको भ्रमणका बेला इन्धनका साथै अन्य व्यापारिक सम्झौता गर्न सुझाव दिनु भएको हो ।

नेपालको भूमि लिपुलेकमा चीन र भारतले व्यापारिक नाका खोल्न गरेको सम्झौताका विषयमा पनि गम्भीर रुपमा कुरा उठाउन पनि सो पार्टीले माग गरेको छ ।

यस्तै नेपालको हितविपरित गरिएका सम्झौतालाई प्रधानमन्त्री ओलीको आसन्न भ्रमणका बेला कुटनीतिक माध्यम मार्फत समाधान आग्रह गरिएको छ ।

प्रधानमन्त्रीले आफ्नो मुलुकको स्वार्थ, राष्ट्रियता, स्वाधिनताका साथै वाणिज्य तथा पारवहनको विषयलाई ध्यान दिइ अगाडि बढ्नुपर्ने अध्यक्ष न्यौपानेको सुझाव छ ।

दुई मुलुकबीचको हित र जनताको आवश्यक्ताअनुसार अगाडि बढ्नु नै अहिलेको प्रमुख दायित्व भएको विज्ञप्तिमा उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ