कांग्रेस खुलातर्फका २५ केन्द्रिय सदस्यको टुंगो

कांग्रेस खुलातर्फका २५ केन्द्रिय सदस्यको टुंगो

  • सोमवार, चैत्र १, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौ १ चैत्र । नेपाली कांग्रेसको खुलातर्फका २५ केन्द्रिय सदस्यको टुंगो लागेको छ । मत परिणाम अनुसार सभापति शेरबहादुर देउवातर्फका १४ जना विजयी भएका छन् भने रामचन्द्र पौडेल तर्फका ११ जना विजयी भएका छन् ।

मत परिणाम अनुसार डा. शेखर कोइरालाले सबैभन्दा बढी १८४८ मत प्राप्त गर्नुभएको छ । खुमबहादुर खड्का १८४६ मत सहित दोस्रो स्थानमा छ भने प्रकाशमान सिंह १७९५ मत सहित तेस्रो स्थानमा छ ।

केन्द्रिय सदस्य खुल्ला तर्फ विश्वप्रकाश शर्मा र एनपी साउद नयाँ अनुहारका रुपमा आउनु भएको छ यद्धपी अधिकांश पुरानै सदस्य निर्वाचित भएका छन् ।

यस्तै निर्वाचित हुनेहरुमा केबी गुरुङले १७७३
प्रदीप गिरी १७२५
प्रदीप पौडेल १७०९
बालकृष्ण खाँड १७०४
धनराज गुरुङ १६९७
रमेश लेखक १६८९ मत ल्याई निर्वाचित हुनुभएको छ ।
त्यस्तै पूर्णबहादुर खड्का १६८६
बलबहादुर केसी १६७४
बिमलेन्द्र निधी १६८०
महेश आचार्य १६६९
विश्वप्रकाश शर्मा १६२०
सुजाता कोइराला १६१९ मतले विजय हुनुभएको हो । खुला तर्फबाट महिलामा कोइराला मात्रै विजयी हुनुभएको हो ।

त्यस्तै निर्वाचित हुनेहरुमा रामशरण महत १६११ शंकर भण्डारी १५४७
एनपी साउद १५४७
ज्ञानेन्द्रबहादुर कार्की १५०२
गोपालमान श्रेष्ठ १४९९
चन्द्र भण्डारी १४९२
प्रकाशशरण महत १४९१
बद्री पाण्डे १४८५
नारायण खड्का १४६४
मीनेन्द्र रिजाल १४२० मत ल्याई विजयी हुुनुभएको निर्वाचन समितीले जनाएको छ ।

यस्तै प्रदेश तर्फको १४ सदस्यको परिणाम पनि आजै सार्वजनिक गर्ने तयारी भएको निर्वाचन समितिले जनाएको छ । सभापति, महामन्त्री र कोषध्यक्ष सहित खुला र आरक्षण कोटामा गरी ६१ सदस्यका लागि निर्वाचन भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ