विकासका काम अघि बढाउन एमाओवादी अध्यक्षको जोड

विकासका काम अघि बढाउन एमाओवादी अध्यक्षको जोड

  • सोमवार, चैत्र १, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

लहान, १ चैत्र । पूर्वप्रधानमन्त्री तथा एकीकृत नेकपा९माओवादी०का अध्यक्ष पुष्पकमल दाहालले जनताले अनुभूत गर्ने गरी विकासका काम अगाडि बढाउनुपर्ने बताउनु भएको छ ।

सिरहाको बन्दीपुरस्थित कमला पूर्वी नहर प्रणालीको माइनर नं १ को नहर विस्तार तथा सुदृढीकरण कार्यक्रमको आज शिलान्यास गर्दै उहाँले जनस्तरमा सहयोग पुग्ने विकासमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जनतालाई अनुभूति नहुने विकासको कुनै अर्थ छैन ।”

सरकारी एवम् स्थानीय तहबाट विकासका कार्यक्रमलाई शीघ्र सञ्चालन गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष दाहालले नहर प्रणालीको विकासपछि जनताले सिँचाइ सुविधा उपभोग गर्ने विश्वास व्यक्त गर्नु भयो ।

सो अवसरमा सिँचाइमन्त्री उमेशकुमार यादवले करिब रु दुुई करोड ५७ लाखको लागतमा सम्पन्न हुुने सो नहर विस्तार तथा सुुदृढीकरणको काम आगामी जेठ मसान्तभित्र सम्पन्न हुने बताउनु भयो ।

सात किमी लम्बाइको सो नहरबाट कमला नदीको पानीबाट पूर्वी सिरहाको बडहरामाल, कालान्जर र भेरियालगायत गासिवका करिब ५०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ