विगतकै शैलीबाट सरकारी सञ्चार माध्यम सुध्र्रनुपर्छ : सञ्चारमन्त्री

विगतकै शैलीबाट सरकारी सञ्चार माध्यम सुध्र्रनुपर्छ : सञ्चारमन्त्री

  • सोमवार, चैत्र १, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौँ, १ चैत ।
सूचना तथा सञ्चार मन्त्री शेरधन राईले सरकारी स्वामित्वका सञ्चार माध्यमलाई विगतको शैलीमा नभई नयाँ योजनाका साथ अघि बढाउने तयारी भएको बताउनुभएको छ ।

प्रेस चौतारी नेपालको अगुवाईमा आज मन्त्रालयमा भएको छलफलमा उहाँले सबै निकाय र सरकारी सञ्चार माध्यमसँग सुधारका साथै नयाँ कार्ययोजना पेस गर्न भनिएको र त्यसमा मन्त्रालयले पनि आवश्यक काम गरिरहेको बताउनुभयो ।

“निश्चित प्रणाली र संस्थागत मान्यताका आधारमा दिगो र सवल हुन सक्ने गरी यी निकाय सञ्चालन हुनुपर्छ”–उहाँले भन्नुभयो, “विगतमा जसरी चलेको थियो, त्यसको निरन्तरता वा तदर्थवादको शैलीबाट चल्न सक्दैन, अब व्यावसायिकता र आत्मनिर्भरताका आधारमा अघि बढ्न सम्बन्धित व्यवस्थापन तयार रहनुपर्छ ।”

मन्त्री राईले आफूले जिम्मेवारी लिएपछि सञ्चार नीतिको पुनरावलोकन, श्रमजीवी पत्रकारसम्बन्धी ऐन कार्यान्वयन, सञ्चार सङ्ग्रहालयको स्थापना, पत्रकारको दुर्घटना बिमा जस्ता विषयलाई प्राथमिकता दिएको पनि अवगत गराउनुभयो ।

प्रेस चौतारी नेपालका अध्यक्ष राजेन्द्र अर्यालले मन्त्री राईले सुरु गरेका सुधारका कामबारे आपसी संवाद र छलफलबाट अघि बढ्ने विश्वास दिलाउनुभयो । त्यस अवसरमा चौतारीका महासचिव माधव नेपाल, सचिव राजेश राई, केन्द्रीय सदस्य सुरोजङ्ग पाण्डे, ईश्वरी काफ्ले र प्रतिष्ठान अञ्चल कमिटीका अध्यक्ष प्रकाश सिलवाललगायतको सहभागिता थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ