राष्ट्रिय सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने : विश्वकर्मा

राष्ट्रिय सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने : विश्वकर्मा

  • सोमवार, चैत्र १, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

भक्तपुर, चैत्र १ ।

नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य मिन विश्वकर्माले राष्ट्रिय सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने बताउनु भएको छ ।

रफत सञ्चार क्लवले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले महाधिवेशनसँगै कांग्रेसले संसदीय दलका नेता चयन गर्ने र तत् पश्चात ठूलो दलका हैसियतले राष्ट्रिय सरकारको नेतृत्व गर्ने दाबी समेत गर्नुभयो ।

केन्द्रीय सदस्य विश्वकर्माले कांग्रेसको केन्द्रीय कमिटीले कांग्रेसका लोकप्रिय नेता खुमबहादुर खड्कामाथि शाही शासनकालमा पुर्वाग्राही रुपमा आरोप लगाउँदै खड्कालाई सजाय भोग्न बाध्य पारिएको बताउनुभयो ।

सरकार कालो बजारीको संरक्षणमा लागेको आरोप लगाउँदै विश्वकर्माले काँग्रेसले नै अब कालो बजारी अन्त्य गर्ने बताउनुभयो ।

तराई आन्दोलनमा देखिएका जायज मागको सम्वोधन गर्न सक्षम कांग्रेस मात्र एक पार्टी रहेको भन्दै अब काँग्रेसकै पहलमा सबैखाले समस्याको समाधान तत्काल हुने उहाँले बताउनुभयो । कांग्रेसमा ६०÷४० को भागवण्डाको अन्त्य भएको उहांको दाबी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ