काँग्रेसको नेतृत्वमा सरकार बन्ने माहोल बने समर्थन गर्छु : मन्त्री सुब्बा

काँग्रेसको नेतृत्वमा सरकार बन्ने माहोल बने समर्थन गर्छु : मन्त्री सुब्बा

  • सोमवार, चैत्र १, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौ १ चैत्र ।  

भुमिसुधार तथा ब्यवस्था मन्त्री रामकुमार सुब्बाले नेपाली काँग्रेसको नेतृत्वमा सरकार बन्ने माहोल बने आफ्नो पार्टीले समर्थन गर्ने बताउनु भएको छ ।

रिपोर्टर्स क्लब नेपाल सोलुखुम्बुले आज सल्लेरीमा आयोजना गरेको साक्षात्कारमा मन्त्री सुब्बाले आवश्यक परे आफ्नो पार्टीले काँग्रेसलाई पूर्ण समर्थन गर्ने बताउनु भयो ।

नेपालमा अझै पनि हिन्दु अधिराज्यको आवश्यक्ता रहेको भन्दै उहाँले सो अभियानमा सरकार भित्रैबाट भुमिका खेलिरहेको धारणा राख्नु भयो । हिन्दु राज्यबारे सबै जनतालाई सुसुचित गर्न आफुहरुले देश ब्यापि अभियान सञ्चालन गरिरहेको मन्त्री सुब्बाको भनाई छ ।

छिमेकी मुलुक भारतको संस्थापन पक्षको समेत हिन्दु अधिराज्य स्थापना गर्ने सवालमा सद्भाव रहेको भन्दै मन्त्रि सुब्बाले दक्षिणि छिमेकी मुलुकले आफ्नो पार्टीको एजेण्डालाई पूर्ण समर्थन गर्ने जिकिर गर्नुभयो ।

एक अर्को प्रसंगमा मन्त्रि सुब्बाले स्थानीय निकायमा जनप्रतिनिधि नभएकै कारण भुकम्प पछिको पुननिर्माणमा समस्या उत्पन्न भएको बताउँदै पिडितको नाममा आएको सहयोग रकमको दुरुपयोग हुन नदिने बताउनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ