काठमाडौ, चैत १ ।
विराटनगरको जोगवनी रेलवे स्टेसनबाट प्रहरीले सात जना नेपाली महिलालाई उद्धार गरेको छ ।
भारतको नयाँ दिल्ली हुँदै खाडीमुलुक लैजान लागिएका सात महिलालाई उद्धार गरिएको मोरङ प्रहरीले जनाएको छ । उद्धार गरिएकामा चितवन, सङ्खुवासभा, उदयपुर र सुनसरी घर भएका महिला रहेका छन् ।
विशेष सूचनाका आधारमा गएराति १२ बजे रेल चढ्न लागिएको अवस्थामा उनीहरुलाई उद्धार गरिएको इलाका प्रहरी कार्यलय रानीका प्रहरी निरीक्षक गङ्गा पौडेलले जानकारी दिनुभयो ।
उद्धार गरिएका महिला २१ देखि ३७ वर्ष उमेर समूहका रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline