काठमाण्डौ ,१ चैत ।
नेपाल विद्युत प्राधिकरणले आजदेखि दैनिक एक घण्टा लोडसेडिङ कम गरेको छ ।
यसअघि १३ घण्टासम्म लोडसेडिङ गर्दै आएको प्राधिकरणले एसएलसी परीक्षालाई केन्द्रित गरेर अब दैनिक १२ घण्टासम्म लोडसेडिङ गर्ने भएको हो ।
प्राधिकरणले आज सोमबारदेखि लागू हुने गरी नयाँ तालिका सार्बजनिक गरेको छ ।
नदीहरुमा जलस्तर केही बढेको र भारतबाट पनि थप विद्युत आयात भएकाले लोडसेडिङ घटाउन सम्भव भएका प्राधिकरणले जनाएको छ ।
भारतबाट ८० मेगावाट बिजुली आएपछि दिनको दुई घण्टासम्म लोडसेडिङ गर्ने भनिए पनि एक घण्टामात्र घटाइएको छ ।
पछिल्लोपटक निजी क्षेत्रलाई दिइएको डेडिकेटेड लाइनहरु काटेपछि बिजुलीको बचत पनि केही बढेको छ ।
प्राधिकरणले यसअघि दिनमा १३ घण्टाका दरले हप्तामा ९१ घण्टा लोडसेडिङ गर्दै आएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
