सुरु भयो राजधानीमा मेट्रो बस , बस कहाँ आइपुग्यो ? घरबाटै थाहाँ पाउनुहोस्

सुरु भयो राजधानीमा मेट्रो बस , बस कहाँ आइपुग्यो ? घरबाटै थाहाँ पाउनुहोस्

  • सोमवार, चैत्र १, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडौँ, १ चैत  । 
राजधानीमा आजदेखि मेट्रो बस सञ्चालनमा आउदै छ । महानगर यातायात प्रालिले उपत्यकाका यात्रीलाई सहज आवागमनका लागी ३९ वटा मेट्रो बस सन्चालनमा ल्याएको हो ।
सुविधासम्पन्न मेट्रो बसको आईतवार उद्योगमन्त्री सोमप्रसाद पाण्डेले उद्घाटन गर्नुभयो । बस कहाँ आइपुग्दैछ भनेर यात्रुले बस चढ्नका लागि एप्स हेरेर बस आउने समय पत्ता लगाई बस स्टपमा जान सकिने हुँदा लामो समय खर्च गर्न नपर्ने प्रालिले बताएको छ ।

यात्रुले आजदेखि मेट्र बस प्रयोग गर्न पाउनेछन् । ३९ वटा बसका लागि प्रालिले रु १६ करोडको लगानी गरेको पनि जनाईएको छ ।

३९ वटा बसले चक्रपथको परिक्रमा गर्नेछ । बसमा यात्रुले निःशुल्क वाइफाइ प्रयोग गर्दै टेलिभिजन हेर्न पाउनेछन् । बस सञ्चालनमा आएपछि यात्रुलाई सहज हुनुका साथै साना यातायातको साधनबाट हुने ट्राफिक जाम पनि कम हुने प्रालिका उपाध्यक्ष सन्तोष खतिवडाले जानकारी दिनुभयो ।

उपाध्यक्षका अनुसार काठमाडौँ उपत्यकामा राम्रोसँग बस सञ्चालन गर्नसके उपत्यका बाहिर पनि उक्त बस सेवा विस्तार गर्र्ने योजना छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ