काठमाडौँ, १ चैत ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को ३७औँ मन्त्रिपरिषद् बैठक आजदेखि सुरु हुदै छ ।
पर्यटकीय नगरी पोखरामा सुरु हुने बैठकमा आज र भोली कार्यक्रम समितिको बैठक हुनेछ । कार्यक्रम समितिको बैठकमा भागलिन सबै सदस्य राष्ट्रका प्रतिनिधि पोखरा पुगेका छन् ।
सदस्य राष्ट्रका परराष्ट्र÷बाह्य मामिला मन्त्रालयका सहसचिवको सहभागीता हुने उक्त बैठकमा १८औँ सार्क सम्मेलनपछिका सार्कका गतिविधि, विगतका बैठकका निर्णय र कार्यान्वयनको समीक्षा हुनेछ ।
दुईदिने उक्त बैठकले तयार पारेको प्रतिवेदन स्थायी समितिसमक्ष बैठकमा प्रस्तुत हुनेछ ।
चैत ३ गते आठवटै सदस्य मुुलुकका परराष्ट्र सचिवहरू सम्मिलित स्थायी समितिको बैठक हुनेछ भने चैत ४ गते सदस्य राष्ट्रका परराष्ट्र÷बाह्य मामिला मन्त्रीहरूको बैठक हुनेछ ।
मन्त्रिस्तरीय बैठकको व्यवस्थापन तथा सुरक्षासम्बन्धी सम्पूर्ण काम पूरा भएको क्षेत्रीय प्रशासक शङ्करप्रसाद कोइरालाले बताउनुभयोे ।
हाल सार्कको अध्यक्ष नेपाल भएकाले उक्त बैठक पोखरामा आयोजना हुन लागेको हो । सार्कको इतिहासमा सरकारले पहिलोपटक मन्त्रिपरिषद् बैठक राजधानी बाहिर आयोजना गरेको हो ।