विराटनगर, ३० फागुन ।
भारतको नयाँ दिल्ली हुँदै खाडी मुलुक लैजान लागिएका सातजना नेपाली महिलालाई जोगवनी रेलवे स्टेशनबाट उद्धार गरिएको छ ।
सीमा प्रहरी चौकीका प्रहरी नायव निरीक्षक विकास खत्री नेत्रृत्वको टोलीले विराटनगर हुँदै जोगवनी पुर्याइएका उनीहरुलाई रेल चढ्नै लाग्दा आजराति १२ बजे उद्धार गरेको हो । उद्धार गरिएका मध्ये एकजना संखुवासभा, दुईजना चितवन, एकजना रामेछाप, दुईजना धरान र एकजना उदयपुरका छन् । उनीहरु २१ देखि ३७ वर्ष उमेर समूहका छन् ।
प्रहरीले महिलालाई कुवेत पठाउने भन्दै लिएर गएका एक युवालाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी इनरुवा–२ का ३० वर्षीय रोहित दर्नाल छन् । दर्नालले महिलाहरुलाई दिल्ली सम्म पुग्नका लागि रेलको टिकट काटिदिनेदेखि लिएर त्यहाँ सम्म पुग्ने सबै व्यस्था गरिदिएको प्रहरीले पत्ता लगाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline