काठमाडौं, ३० फागुन ।
नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले सरकारले गलत काम गर्दै गए आफ्नो पार्टी चुप लागेर नबस्ने चेतावनी दिनुभएको छ ।
बुढानीलण्ठस्थित आफ्नै निवासमा बिहान युवा पत्रकार समाज नेपालका पदाधिकारीसँगको भेटमा देउवाले कालोबजारी र भ्रष्टाचार नियन्त्रण हुन नसके कांग्रेस चूप लागेर नबस्ने बताउनु भयो ।
नाकाबन्दी खुला हुँदा समेत आपूर्ति सहज हुन नसकी जनताले दुःख पाएको भन्दै उहाले सरकारले जनचाहना अनुसार काम नगरेको आरोप लगाउनु भएको छ । निर्वाचनको जारी मतपरिणाम आएपछि पार्टीले गति लिने देउवाको भनाई थियो ।
आफू पदको लागि नभई मुलक र जनताको पक्षमा काम गर्नका लागि आएको भन्दै सभापति देउवाले सिंगो पार्टीको ध्यान जनताका पक्षमा केन्द्रित गराईने पनि बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline