उपत्यकाका २१ स्थानमा आकाशे पुल आवश्यक

उपत्यकाका २१ स्थानमा आकाशे पुल आवश्यक

  • आइतवार, फाल्गुन ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौँ, ३० फागुन ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाभित्र भीडभाड हुने २१ स्थानमा आकाशे पुल आवश्यक रहेको बताएको छ ।

महाशाखाका अनुसार सधैं भीडभाड हुने पुतलीसडक, माइतीघर, बबरमहल, बानेश्वर, मीनभवन, कोटेश्वर, एअरपोर्ट गेट, गौशाला, चाबहिल, महाराजगन्ज, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, केशरमहल, सोह्रखुट्टे गल्कोपाखा, पाटन, बौद्ध र सातदोबाटोमा आकाशे पुल आवश्यक छ ।

यी स्थानमा आकाशे पुल नहुँदा ट्राफिक व्यवस्थापनमा कठिनाइ भइरहेको छ ।

महाशाखाका प्रवक्ता लोकेन्द्र मल्लले बढ्दो सवारीसाधन र आकाशे पुलको अभावमा ट्राफिक व्यवस्थापनमा समस्या परेको बताउनुभयो । उहाँले भन्नुभयो, “दुईजना मानिस बाटो काट्दा दर्जनौँ सवारीसाधन रोकिन्छन् त्यसलाई व्यवस्थापन गर्न ट्राफिकलाई गाह्रो परेको छ ।”

अहिले उपत्यकाभित्र २२ स्थानमा आकाशे पुल र एक सब–वे रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी