प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक बनाउन सुझाव

प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक बनाउन सुझाव

  • आइतवार, फाल्गुन ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

काठमाडौँ, ३० फागुन ।

नेकपा (एमाले)को स्थायी समिति बैठकले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणलाई उपलब्धिमूलक बनाउन सुझाव दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको बैठकले आउँदो चैत ७ गतेदेखि हुने प्रधानमन्त्रीको भ्रमणलाई दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन सुझाव दिएको एमाले प्रवक्ता योगेश भट्टराईले जानकारी दिनुभयो ।

बैठकले दुई देशको व्यापार सम्झौतालाई दीर्घकालिन हितमा परिणत गर्नेगरी फलदायी बनाउन उपभोग्य वस्तु, पेट्रोलियम पदार्थ, ग्यास र नुनको व्यापारसम्बन्धी सहमति गर्न पनि सुझाव दिएको हो । पेट्रोलियम पदार्थ भण्डारणका लागि नुवाकोटको खैरेनीटार र काभ्रेको पाँच खालमा भण्डारण केन्द्र निर्माणबारे कुराकानी अघि बढाउनसमेत एमाले स्थायी समितिले सुझाएको छ ।

प्रधानमन्त्रीको भ्रमणका क्रममा नेपालमा चिनीयाँ लगानीमा भइरहेका परियोजनाको कामको प्रगतिबारे ध्यानाकर्षण गराउन र भूकम्पपछिको पुनःनिर्माणका लागि ठोस प्रस्ताव लैजान बैठकले आग्रह गरेको प्रवक्ता भट्टराईले बताउनुभयो । न्यायाधीश नियुक्ति सम्बन्धमा एमाले स्थायी समिति बैठकले न्यायपरिषद्ले संविधान अनुरुप सिफारिस गरेकाले नियुक्तिको विषयलाई बिवादरहित सहज बनाउन आग्रह गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ