कांग्रेस केन्द्रिय सदस्यको मतगणना आज पनि जारी

कांग्रेस केन्द्रिय सदस्यको मतगणना आज पनि जारी

  • आइतवार, फाल्गुन ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौ ३० फागुन । नेपाली कांग्रेसको १३ औं महाधिवेशन अन्तरगत केन्द्रिय सदस्यका लागि भएको निर्वाचनको मतगणना आज पनि जारी छ ।

सानेपा स्थित पार्टी कार्यलयमा केहिबेरपछि सुरु हुने मतगणनामा आज पनि खुला र प्रदेश तर्फका केन्द्रिय सदस्यको मतगणना हुने निर्वाचन समितिले जनाएको छ । आज राति आबेरसम्ममा भएपनि खुला र प्रदेश तर्फको मतगणना सक्काउने समितिको तयारी छ ।

खुला २५ र प्रदेश तर्फका १४ गरी ३९ सदस्यका लागि भएको निर्वाचनको मतगणना आज सक्नेगरी तयारी भएको समितिका कांग्रेस निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिनु भयो ।

खुला केन्द्रिय सदस्य तर्फ खसेको ३ हजार मध्ये हालसम्म १ हजार ५ सय मत गणना भएको छ । यस्तै प्रदेशतर्फ ४ सय मत गणना गरिएको समितिले जनाएको छ ।

समावेशी र आरक्षीत गरी २२ जना केन्द्रिय सदस्य निर्वाचित भइसकेका छन् । निर्वाचित भएका सदस्य मध्ये सभापति देउवा पक्षका बढी छन् । खुला र प्रदेश तर्फपनि देउवा पक्षका धेरैले अग्रता लिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ