काठमाण्डौ ,२९ फागुन ।
नेवार समुदायले मनाउदै आएको एतिल्हने सम्यक महादान पर्व शाक्य तथा बज्राचार्य सहित भिक्षुहरुलाई दान दिएर समापन गरिएको छ ।
फागुन २८ गते देखि पाटनको नाग्बहलमामा सुरु भएको यो पर्व आज शनिवार सम्पन्न भएको हो । नेवार परम्परा अनुसार दान दिन चाहने जो कोहिले पनि आफ्नो गच्छेअनुसार दान दिने प्रचलन छ ।
सम्यक महादानमा उपत्यकाभित्रका बहाल बहिहरुमा रहेका दीपंकर बुद्धको मुर्ति महादान आयोजना स्थल ललितपुर नाग्बहालमा ल्याइएका थिए ।
शाक्य तथा बज्राचार्य भिक्षुहरु र बिशेष गरेर दीपंकर बुद्धहरु आर्य लोकेश्वोर बसुन्धरा देवी आर्यतारा इत्यादीलाइ दक्षिणा प्रदान गर्दै ४७१ औं एतिहालने सम्यक महादान पर्व दुई दिन सम्म चलेको थियो ।
बंसावली अनुसार महादान पर्व ७०० बर्ष अगि देखि आयोजना हुदै आएको जानकारहरु बताउछन् । सम्यक माहदान पर्व बिक्रम सम्बत १७६१ साल सम्म प्रत्येक बर्ष मनाउदै आएपनि १७६२ देखि भने पाँच बर्षम ागर्न थालिएको हो ।
सम्यक गुठिको आम्दानी कम भएपछि ४ बर्षको आम्दानीलाई जम्मा गरी प्रत्येक ५ बर्षमा हुने गरि सम्यक माहदान पर्व गर्दै आएको छ । तर काठमाण्डौमा भने यो प्रत्येक १२ बर्षमा मात्रै गर्ने गरिन्छ ।

