बजार अनुगमन र निरीक्षणलाई कडाइ गछौँं : मन्त्री पुन

बजार अनुगमन र निरीक्षणलाई कडाइ गछौँं : मन्त्री पुन

  • शनिबार, फाल्गुन २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

दाङ, २९ फागुन ।

आपूर्ति मन्त्री गणेशमान पुनले चीनसँंगको पेट्रोलियम सम्झौता अन्तिम चरणमा पुगेको बताउनुभएको छ । 

रिपोर्टर्स क्लब दाङले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पुनले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा दुई देशबीचमा व्यापार, पारवहन सम्झौता भएपछि पेट्रोलियम पदार्थको आपूर्ति सहज हुने बताउनुभयो । 

देशमा देखिएको असहज आपूर्तिलाई सहज बनाउन सरकार निरन्तर लागिपरेको भन्दै उहाँले लामो समयदेखिको अभाव विस्तारै कम हुने बताउनुभयो । 

भारतीय आयल निगम (आइओसी)ले सम्झौताअनुसारको इन्धन आपूर्ति नगर्दा बजारमा पेट्रोलियम पदार्थको अभाव कायमै रहेको बताउँदै उहाँले इन्धनको भण्डार क्षमता अहिलेको १६ दिनलाई बढाएर ९९ दिनसम्म पुग्ने बनाउन लागेको जानकारी दिनुभयो । 

काठमाडाँै उपत्यकालगायत देशैभरि बजारमा म्याद नाघेका र नक्कली उपभोग्य वस्तु बेचेको गुनासो आउने गरेको र खाद्यान्न, औषधि, निर्माण सामग्री र सेवामूलक व्यापारलाई गुणस्तरीयता बनाउन देशैभरि पहिलो चरणमा ३५० जना कर्मचारी खटाएर संस्थागत रुपमा अनुगमन तथा निरीक्षण थालेको मन्त्री पुनको भनाइ थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ