संविधान विरोधीलाई ठेगान लगाइने छः अध्यक्ष शर्मा

संविधान विरोधीलाई ठेगान लगाइने छः अध्यक्ष शर्मा

  • शनिबार, फाल्गुन २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

नेपालगन्ज, २९ फागुन ।

योङ कम्युनिष्ट लिग (वाइसीएल) का अध्यक्ष आरसी शर्माले संविधान कार्यान्वयनका लागि आप्mनो सङ्गठनका कार्यकर्तालाई जनस्तरमा परिचालन गरिने बताउनुभएको छ । 

सो सङ्गठनद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो—‘संविधानको विरुद्धमा मधेसमा विखण्डनकारी चलमलाउँदै गएकाले त्यस्ता प्रवृतिलाई ठेगान लगाउन जनतालाई संविधानले दिएको अधिकारको जानकारी गराउनु अपरिहार्य छ ।’ 

‘पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा अध्यक्ष शर्माले सरकारले जनताको दैनिक सेवा र सुविधाका विषयमा गम्भीर हुनुपर्ने, तर त्यसो नभएका कारण आप्mनो सङ्गठन सरकारलाई जवाफदेही बनाउन सङ्घर्षमा जाने तयारीमा रहेको छ भन्नुभयो ।’ 

वाइसीएलको गत फागुन २६ को केन्द्रीय समितिको बैठकले गरेको सात बुँदे निर्णयको कार्यान्वयनका लागि जिल्लास्तरमा कार्यक्रम तय भएको जानकारी गराउँदै उहाँले संस्थागत भ्रष्टाचार र कालोबजारी नियन्त्रण सङ्गठनको सङ्घर्षको प्राथमिकतामा रहेको जानकारी गराउनुभयो । 

सङ्गठनको सो बैठकले भूकम्प प्रभावितको पुनःस्थापना, कालोबजारी नियन्त्रण, चीनसँग सीमा जोडिएका उत्तरी नाका सञ्चालन गर्नुपर्ने लगायतका मागसहित सङ्घर्षका कार्यक्रम तय गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ