कालोबजारी रोक्ने जिम्मेवारी सरकार र व्यवसायी दुवैको हो–अध्यक्ष दाहाल

कालोबजारी रोक्ने जिम्मेवारी सरकार र व्यवसायी दुवैको हो–अध्यक्ष दाहाल

  • शनिबार, फाल्गुन २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौं, २९ फागुन ।

एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले बजारमा खाना पकाउने ग्यासको अभाव हटाउन आफूले सक्दो पहल गर्ने र चीनबाट समेत आयात गर्ने विषयमा सरकारसँग कुरा गर्ने बताउनुभएको छ । 

ग्यास विक्रेता महासङ्घका प्रतिनिधिमण्डलले आज आफ्नै निवास लाजिम्पाटमा बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले ग्यासको सहज आपूर्तिका लागि सबै प्रकारको विकल्प अपनाइने र त्यसमा कुन सहज विकल्प हुन्छ छलफल गरेर परिणाम दिन आफू तयार रहेको बताउनुभएको थियो । 

कालोबजारी रोक्ने जिम्मा सरकार र व्यवसायी दुबैको उत्तिकै रहेको भन्दै उहाँले जनतालाई सहज सेवा दिनुभन्दा पनि बजारमा अनावश्यक रुपमा कालोबजारी र अनियमितता मौलाएकोमा उद्योगी व्यवसायीको समेत ध्यानाकर्षण गराउनुभएको थियो । 

महासङ्घका अध्यक्ष ज्ञानेश्वर अर्यालको नेतृत्वमा आएको उक्त प्रतिनिधिमण्डलले ग्यासको आपूर्ति सहज बनाउन एक ज्ञापनपत्र बुझाएको अध्यक्ष दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो । 

महासङ्घले बुझाएको ज्ञापनपत्र बुझ्दै अध्यक्ष दाहालले बजारमा ग्यासमा भएको कालोबजारी रोक्न पहल गर्न, प्रधानमन्त्रीको चीन भ्रमणमा चीनबाट पनि ग्यास आपूर्तिका लागि वातावरण मिलाउन सबैले आ– आफ्नो स्थानबाट प्रयत्न गर्नुपर्नेमा जोड दिनुभएको थियो । 

अध्यक्ष दाहालले महासङ्घले उठाएका विषयमा सरकार र सम्बन्धित मन्त्रालयका मन्त्रीसँग छलफल गरी समस्याको समाधान गर्न पहल गर्ने विश्वास दिलाउनु भएको अध्यक्ष अर्यालले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ