वर्तमान सरकारकै नेतृत्वमा राष्ट्रिय सरकार बन्नेः मन्त्री राई

वर्तमान सरकारकै नेतृत्वमा राष्ट्रिय सरकार बन्नेः मन्त्री राई

  • शनिबार, फाल्गुन २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

विराटनगर, २९ फागुन ।

सूचना तथा सञ्चारमन्त्री शेरधन राईले वर्तमान सरकारकै नेतृत्वमा राष्ट्रिय सरकार बन्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उहाँले सरकारमा सामेल हुनुपर्ने वा प्रतिपक्षमा बसेर ऐतिहासिक अभिभारालाई पूरा गर्न सरकारलाई रचनात्मक सहयोग गर्नुपर्ने काँग्रेससँग दुइ विकल्प रहेको उल्लेख गर्नु भयो । 

उहाँले भन्नुभयो, “प्रधानमन्त्रीको चीन भ्रमणपछि सरकारले सबै पार्टीलाई सरकारमा सहभागी हुनका लागि आह्वान गर्नेछ र ती दल सरकारमा सामेल नभएको अवस्थामा सरकार आफ्ना मार्गचित्रको आधारमा अगाडि बढ्नेछ ।” मधेसी मोर्चासँग वार्ता सुरु भएको भन्दै उहाँले मधेसी मोर्चाको ११ बुँदे मागमध्येबाट कतिपय माग पूरा भइसकेको बताउनु भयो । 
सीमाङकनलगायतको विषयमा उहाँले भन्नुभयो, “गठित राजनीतिक समितिलाई पूर्णता दिनका लागि नेपाली काँग्रेससँग छलफल गरिनेछ र त्यसपछि राजनीतिक समितिले तीन महिनाभित्रमा तयार पारेको प्रतिवेदनको आधारमा सीमाङ्कनको समस्या समाधान गरिनेछ ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ